रोटरीद्धारा आदर्श विद्यालयमा वृक्षारोपण

भदौ २०, २०७६  

तुलसीपुर,२० भदौ । रोटरी क्लब अफ तुलसीपुर सिटीले एक कार्यक्रमका बिच पश्चिम दाङको आदर्श आधारभुत विद्यालय काशिपुरमा वृक्षारोपण गरेको छ । क्लबका अध्यक्ष देव बहादुर केसीको अध्यक्षता तथा शान्तीनगर गाउ पालिका वडा न. ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले मानव र वृक्ष बिचको सम्बन्ध घनिष्ट रहेको हुदा मानव जीवनलाई सार्थक तुल्याउनको लागि समाजमा वृक्षारोपणको महत्व रहेको बताएका थिए ।

Advertisement

कार्यक्रममा आर सि सि भिलेज काशिपुरका अध्यक्ष चुडामणी केसी,क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ,आदर्श आधारभुत विद्यालय व्यबस्थापन समितीका अध्यक्ष दोर्ण बहादुर केसी, प्रधानाद्यापक बिनोद डाङी , क्लबका पुर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, बिजय केसी तथा उपाध्यक्ष यज्ञ बहादुर केसी, बिनिल केसी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरका निवर्तमान अध्यक्ष रुपेश शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लबका भावी अध्यक्ष सुरेश हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव सन्दिपन रिजालले गर्नु भएको थियो ।।


प्रतिक्रिया दिनुहोस