मिलन नेवार : स्वरमा जस्तै जादु छ रुपमा पनि (फोटोफिचर)

भदौ २०, २०७६  

काठमाडौं । नेपाली पाश्र्व गायनमा चलेको नाम हो मिलन नेवार । उनको स्वरमा रहेको दर्जनौ गीत हिटको सूचीमा छ । एक समय चलचित्र संगीतमा एकछत्र राज थियो उनको । चलचित्र नोटबुकको गाला रातै… होस् या अर्को चलचित्रको स्लोली स्लोली… निकै चर्चित भयो ।

Advertisement

स्टुडियो गायन मात्रै हैन स्टेजमा पनि उनको माग उत्तिकै छ । स्वदेशदेखी विदेशसम्मका दर्जनौ स्टेजमा प्रस्तुति दिएकी मिलन गाउन जस्तै नाँच्नमा पनि सिपालु छिन् । केही म्युजिक भिडियोमा आफैंले अभिनय गरेकी मिलनलाई उनका साथीहरुले भन्ने गरेका छन् ‘तेरो रुपमा पनि जादु छ ।’ तर, ऐना हेर्दा साथीहरुले भनेको कुरा हैन कि जस्तो लाग्छ उनलाई ।

      


प्रतिक्रिया दिनुहोस