दाङमा फेरी एक जनामा डेंगु देखियो

भदौ १९, २०७६  

तुलसीपुर,१९ भदौ । दाङमा फेरी एक जनामा डेंगुरोगको संक्रमण देखिएको छ । यस आर्थिक बर्षमा यस अघि डेंगुका ६ जना विरामी फेला परेका थिए । पछिल्लो पटक घोराही उपमहानगरपालीका १८ रझेना निवासि ५७ बर्षिय एक पुरुषमा डेंगुरोगको संक्रमण भेटिएसगैं विरामिको संख्या ७ पुगेका हो ।

Advertisement

उनिहरु मध्ये केहि उपचार पछि घर फर्किएको जिल्ला श्वास्थ्य कार्यालय दाङका डेंगुरोग फोकल पर्सन कमल चन्दले बताएका छन । उनका अनुसार ३ जनाको उपचार भैरहेको छ । उनिहरुको श्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । जोखिमको हिसावले दाङ उच्च जोखिममा रहेको छ । यसबाट बच्नका लागि बातावरणिय सरसफाईमा ध्यान दिनुपर्ने फोकल पर्सन चन्दको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस