ट्रम्पको भनाई आधारहीन : चीन

भदौ १७, २०७६  

एजेन्सी 

Advertisement

बेइजिङ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्नेे प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो ।

चिनियाँ ‘नेशनल नारकोटिक कन्ट्रोल कमिसन’ का एक उच्च अधिकारीले भने, “चीनमा गत मे १ देखि फेन्टानिल उत्पादन तथा बिक्री भएका रिपोर्टहरू प्राप्त भएका छैनन् ।”
“चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ ।”

प्रतिक्रिया दिनुहोस