डेंगुरोग फोकल पर्सन चन्दले भने- ‘डेंगुको उच्च जोखिममा दाङ’

तुलसीपुर,१७ भदौ । दाङमा यस आर्थिक बर्षमा डेंगुका ६ जना विरामी फेला परेका छन । उनिहरु मध्ये केहि उपचार पछि घर फर्किएको जिल्ला श्वास्थ्य कार्यालय दाङका डेंगुरोग फोकल पर्सन कमल चन्दले बताएका छन । उनका अनुसार दुई जनाको काठमाण्डौंमा उपचार भैरहेको छ । उनिहरुको श्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

लामखुट्टेको रोकाई बाट सर्ने यो रोग लागेपछि रुघा लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्दछन । जोखिमको हिसावले दाङ उच्च जोखिममा रहेको छ । यसबाट बच्नका लागि बातावरणिय सरसफाईमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया