चुम्बन गर्नुका ७ फाइदा

भदौ १५, २०७६  

माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो चुम्बन, म्वाइँ अनि किस। यसले सम्बन्धमा मायाको आभाष दिलाउँछ।चुम्बन सिर्फ केटाले केटीलाई, प्रेमीले प्रेमिकालाई वा श्रीमानले श्रीमतीलाई र एवं रितले एक आपसमा गर्ने माया साटासाटको शैली वा तरिका मात्र होइन। चुम्बन भनेको निकटता र माया देखाउने प्रक्रिया वा क्रियाकलाप भएकाले आफूभन्दा ठूला सानामा लिंग र सम्बन्धको भेद नराखी पनि गर्न सकिन्छ, गरिन्छ।

Advertisement

चुम्बनपछि के हुन्छ फाइदा 

१ सम्बन्ध गाढा पार्छः ओंठमा चुम्बन गर्दा एक आपसमा प्रेम बढ्छ । चुम्बन गर्दा उत्पादन हुने अक्सिटोसिन हर्मोनले सम्बन्ध गाढा पार्न मद्दत गर्छ ।

Advertisement

 

२ यौन आनन्द बढाउँछः चुम्बन यौन सम्बन्धको अभिन्न पाटो हो । यसले तपाइँको यौन क्रिडालाई चुम्बनले अझै प्रभावकारी बनाउँछ । किस गर्दा झनै बढी आनन्द आएको महसुस हुन्छ ।

 

३ रोग निदान गर्छः चुम्बन गर्दा धुक पैदा हुन्छ । यसले शरीरमा रोगसँग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नियमित सेक्स गर्दा स्वास्थ्य राम्रो हुन्छ ।

 

kiss 1
४ खुसी राख्छः चुम्बन गर्दा शरीरमा भएका एन्डोफिन्स र एन्डोर्फिन्स बाहिर निस्किन्छ र यसले मानिसलाई खुसी राख्न सहयोग गर्छ । यदि तपाइँ उदास हुनुहुन्छ भने चुम्बन गर्दा स्वास्थ्यमा पनि राम्रो गर्छ ।

५ दुखाइ र पीडा कम हुन्छः चु्म्बन गर्दा शरीरबाट एक प्रकारको पदार्थ निस्किन्छ जसले दुखाइ र पीडा कम गर्न मद्दत गर्ने विशेषज्ञहरु बताउँछन् । टाउको दुखेको समयमा समेत चुम्बन गर्दा दुखाइ कम हुने उनीहरुको दावी छ ।

 

६ स्ट्रेस घटाउँछः तपाइँलाई दिक्क लागेको छ वा थकाइ लागेको छ भने चुम्बन त्यसलाई कम गर्ने सरल विधी हुन सक्छ । शरीरमा रहेको कोर्टिशोल नामक पदार्थ चुम्बनको समयमा बाहिर निस्किने हुँदा यसबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यतिमात्र होइन यसले मस्तिस्कलाई स्वस्थ राखेर दिक्कपना र स्ट्रेस हटाउन मद्दत गर्छ ।

 

७ मोटोपन घटाउँछः चुम्बन गर्दा पसिना आउने हुन्छ । पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । हुन त चुम्बनकै कारण त्यति धेरै क्यालोरी खर्च हुँदैन तर यसले मोटोपन घटाउन केही न केही मात्रामा भएपनि सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस