शान्तीनगर गाउँ कार्यपालिकाको ९६ औँ बैठक सम्पन्न

भदौ ११, २०७६  

तुलसीपुर, ११ भदौ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका गाउँकार्यपालिका चिराघाटको ९६ औ बैठक बुधवार चिराघाटमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमान सिंङ डाँगीको अध्यक्षतामा बसेको बैठकले सहकारी अनुगमन समिती गठन गरेको छ । जसको संयोजकमा आर्थिक बिकास समितिका संयोजक फर्साराम डाँगीको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिती गठन गरिएको छ । जसमा बुद्धिराम तिवारी, पिमलाल ओलि, शालिकराम बि .क, मिना गिरी, लक्ष्मणप्यारी चौधरी र सदस्यसचिवमा यमकान्त पाण्डे रहेका छन् ।
समितिले गाउँपालिका भित्र रहेका सहकारीहरुको काम कारबाही के कस्तो छ भन्ने बारेमा अनुगमन गर्नेछ । साथै सहकारीले कानुन बिपरीत कामकाज गरेको पाईएमा कारबाही गरिने सदस्यसचिब यमकान्त पाण्डेले बताएका छन् । बैठकको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत निम बहादुर के.सिले गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । हाल गाउँपालिका भित्र २३ वटा सहकारी संस्था रहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस