मृतक ओलीको परीवारलाई एक लाख सहयोग

भदौ ०४, २०७६  

तुलसीपुर, ४ भदौ । गत बर्षको पुष ६ गते तुलसीपुरको राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका शिक्षक नरेस ओलीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । शाथिहरुबाट संकलन गरिएको एक लाख रुपैया उनकी छोरीको नाममा जम्मा गरिदिएको अमर केसीले जानकारी दिएका छन ।

Advertisement

यो रकम त्रिभुवन बिश्वबिद्यालय काठमाण्डौंमा २०७०।०७१ को ब्याजमा प्राणिशास्त्र विभागमा अध्ययन गर्ने विद्यार्थिहरु बाट उठेको बताइएको छ । छोरीको अध्ययनको लागि सहयोग पुगोस भनेर सगैं पढेका शाथिहरुबाट यो रकम जुटाइएको केसीले जानकारी दिएका । तुलसीपुरको भार्गब विकास बैंकमा २ बर्षिय छोरी आरोसि ओलीको नाममा उक्त रकम जम्मा गरि श्रीमती सविता ओलीलाई केसीले आज चेक हस्तान्तरण गरेका छन । शिक्षक ओलीले घोराहीको कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालयमा पढाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस