घाँटी रेटेर युवतिको हत्या

राकेश गुप्ता

सर्लाही । सर्लाहीमा धारिलो हत्यारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती ईश्वरपुर नगरपालिकामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारवाट युवतीको हत्या भएको अवस्थामा शब फेला परेको छ । युवतीको नाम ठेगाना खुलेको छैन ।

वडा नं १३ श्रीनगर स्थित जंगलको रेलवेबाट सागरनाथ आउने भित्री सडक खण्डमा अन्दाजि २० वर्षिया युवतीको घाटी रेटी हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको र अनुसन्धानपछि मात्रै घटनाबारे केही भन्न सकिने ईलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले बताए । शवलाई पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया