भेरी नदीमा डुवेर युवक बेपत्ता

तुलसीपुर, ३ भदौ । रुकुम पश्चिममा भेरी नदीले बगाउदा एक युबक बेपत्ता भएका छन । जिल्लाको चौरजहारी नगरपालिका वडा न. १ निबासी १९ बर्षिय बिजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । मंगलवार दिउँसो नदीमा जाल हाल्ने क्रममा नदीले उनलाई बगाएको बताईएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया