जन्मदिनको अबसरमा बिरुवा वितरण

भदौ ०२, २०७६  

तुलसीपुर,२ साउन । मानीसहरु प्रायः जसो जन्मदिनको अवसरमा कुनै ठुलो होटल वा रेष्टुरेष्टमा गएर सेलिब्रेसन गर्छन् । जन्मदिन मनाउने आ आफ्नै तरिका छ । यसैबिच सञ्चारकर्मी तथा युवा ब्यावसायी राजन लामिछानेले पनि आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासि लामिछानेले २९ औं जन्मदिनको अबसरमा ७० जनालाई टिट, अमला, सिसौँ, बकाईना, लगाएत बिभिन्न प्रजातीका बोटबिरुवाहरु वितरण गरेका छन् । देवा स मिलका सञ्चालक समेत रहेका लामिछानेले रुख रोपौँ वातावरण जोगाउ भन्ने उदेश्यले उक्त बिरुवाहरु निशुल्क रुपमा वितरण गरिएको उनले बताएका छन । यसैविच, देवा स: मिलले प्रत्येक सेवाग्राहीहरु लाई विरुवा वितरण गर्ने भएको छ ।

स: मिलमा ल्याइएको काठको पहिचान गरि नाम र ठेगाना राखी प्रत्येक बर्ष भदौ १ गतेका दिन बिरुवाहरु वितरण गर्ने तयारी थालेको सस् मिलका सञ्चालक माधव कडेलले जानकारी दिएका छन् । कार्यक्रमबारे प्रकाश पार्दै उनले यस्तो जानकारी दिएका हुन ।

Advertisement

कार्यक्रममा देविपुर टोल बिकास संस्था, एकिकृत नमुना टोल बिकास संस्था लगाएत अन्य स्थानियहरलाई बिरुवा वितरण गरिएको हो । कार्यक्रममा देवपुर टोल बिकास संस्थाका अध्यक्ष पुर्ण वहादुर वली, उपाध्यक्ष बिकास बस्याल, युवा समाजसेवि एवम् तेक्वान्दो प्रशिक्षक राकेश परियार, समाजसेवि चेतनाथ पौडेल, पत्रकार राकेश बस्नेत लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कपिल लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस