शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं 

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

फिल्म निर्माता छबी ओझासंग तीन वर्ष अघि विवाह गरेकी शिल्पाले एक महिना अगाडी छबीले दुव्र्यवबहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । महानगरिय प्रहरी कार्यालय टेकुमा छबीसंग सहमति गरेर फर्किएपनि छबी र उनको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार
प्रतिक्रिया