बच्चासहित आमाको हत्या भएको प्रहरीको आसंका

भदौ ०१, २०७६  

तुलसीपुर, १ भदौ  

Advertisement

नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी  महिलाको  हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले आसंका गरेको छ । वनमाराको झाडीमा झ्याँक्राले छोपेको अवस्थामा नवजात शिशुसहित महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले यस्तो आसंका गरेको हो ।

तुलसीपुर– ८ अश्वारा स्थित रातपरको डाँडामा शनिबार शव फेला परेको थियो ।‘झ्याँक्राले छोपेको अवस्थामा बच्चा र आमाको शव फेला परेको छ,’ निमित्त प्रहरी प्रमुख भिमबहादुर कार्कीले भन्नुभयो– ‘ मर्ने मान्छेले ‘झ्याँक्राले आफैलाई त छोप्दैन होला त्यसैले पनि हत्या नै हो कि भन्ने आसंका लागेको छ ।’ अबैध सम्बन्ध या छोरी जन्मेका कारणले पनि कसैले हत्या गरेर अपराध लुकाउन झाडीमा फालेको हुन सक्ने प्रहरीले आसंका गरेको छ ।

Advertisement

शरिर षडेकाले शरिरमा निलडाम या घाउचोट समेत नदेखिने भएकाले  घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरीलाई कठीनाई भएको छ । सनाखत भएन यसैविच शनिबार फेला परेको शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । शव षडेको अवस्थामा फेला परेकाले मृतक शिशुसहित महिलाको शवको सनाखत नभएको प्रहरीले बताएको छ । अनुहार पुरै षडेकाले उनको पहिचान नभएको हो । कालो कुर्ता, कालो प्लाजु र रातो रङको चप्पल लगाएकी महिलाको साथमा कपडा सहितको रातो व्याग पनि भेटिएको प्रहरीले बताएको छ ।  अमा र बच्चाको शवलाई अहिले प्रदेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस