बबई नदीमा रोकिएन अबैध उत्खनन ?

भदौ ०१, २०७६  

तुलसीपुर, १ भदौ

Advertisement

बबई नदिमा अबैध रुपमा नदिजन्य बस्तुको उत्खनन भइरहेको स्थानीयबसाीले गुनासो गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–१३ ढकना र दंगीशरण गाउँपालिका– २ बंगलापुरको बिचमा पर्ने बबई नदीको किनारमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् भइरहेको उनिहरुले बताएका छन् । तुलसीपुर अमिलिया सडक खण्डको बबई नदीको पुलदेखि पश्चिम तर्फ नदी किनामार राती ८ बजेदेखि विहान उज्यालो हुँदासम्म ढुङ्गा, बालुवा, रोडी उठाउने गरेको एक स्थानीय स्यानी चौधरीले जानकारी दिइन ।

निरन्तर रुपमा भईरहेको नदीजन्य बस्तुको उत्खननका कारण एक सय ४० विघाह खेतियोग्य जमिनमा क्षेति पुग्ने स्थानीयले बताए । दैनिक १०÷१५ वटा ट्रयाक्टरले नदीजन्य बस्तु ओसारपसार गरेपनि जसपुर र दमारगाउँ प्रहरी भने मुकदर्शक बनेको स्थानीयले आरोप लगाए । अबैध उत्खनन् रोक्न इलाका प्रहरी, जिल्ला समन्वय समिति सबै ठाउँ भने पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

Advertisement

 

फाईल फोटो

 

प्रतिक्रिया दिनुहोस