तुलसीपुरमा नवजात शिशुसहित महिलाको शव फेला

साउन ३२, २०७६  

तुलसीपुर, ३२ साउन
नवजात शिशु सहित तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ अश्वारा स्थित विरुवाको डाँडामा भर्खर जन्मेको नवजात शिशु सहित सडेको अवस्थामा झाडीमुनि महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख भिमबहादुर कार्कीले जानकारी दिनुभयो ।

Advertisement

तर ति महिलाको परिचय भने खुल्न सकेको छैन । कालो कुर्ता, कालो प्लाजु र रातो रङको चप्पल लगाएकी महिलाको साथमा रातो व्याग भेटिएपनि त्यसमा कागजात र मोबाइल समेत नभएकाले परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । मृतक महिलाको शव सडेको अवस्थामा भेटिएकाले पनि पहिचान खुल्न समस्या भएको हो । मृतको वरपर डोरी वा कुनै किटनासक औंषधीको खोल वा शिशी फेला नपरेकाले मृत्यु कारण बारे अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । ग्वाला गएका स्थानीयले शव देखेपिछ प्रहरीलाइ खबर गरेका िथए ।

 

प्रतिक्रिया दिनुहोस