सल्यान प्रहरीले गर्यो धर्म प्रचारकलाई सर्वाजनिक

तुलसीपुर, ३१ साउन

सल्यान प्रहरीले धर्म प्रचार गराउदै हिडेको आरोपमा पक्राउ परको ४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुलाई सार्वजनिक गरेको सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले सल्यान जिल्लाको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कु्मारी विकलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बाईबल सम्बन्धी किताव, धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । धर्म सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया