सन्दीपलाई अमेरिकाको भिषा लाग्यो

साउन २८, २०७६  

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । दुतावासवाट फर्केपछि सन्दिपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसपछि सामाजिक सञ्जालमा राम्रै बहस भएको थियो ।

Advertisement

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्नका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस