सल्यानमा सिलिण्डर बम बिष्फोट गराउने पक्राउ

साउन २८, २०७६  

तुलसीपुर, २८ साउन
सिलिण्डर बम बिष्फोट गराएको अभियोगमा कुमाख गाउँपालिका इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको कुमाख गाउँपालिका– ६ स्थित बडागाउँको जंगलमा असार ९ गते सिलिण्डर बम बिष्फोट गराउने विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका गाउँपालिका इन्चार्ज अनिल विकलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

Advertisement

असार १० गते विप्लव समूहले अयोजना गरेको नेपाल बन्दको अघिल्लो दिन बम बिष्फोट गराएको सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीे जानकारी दिए । विकलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस