योग समितिद्धारा वडा कर्यालयमा वृक्षरोपण

साउन २८, २०७६  

तुलसीपुर, २८ साउन
पतञ्जली योग समितिले तुलसीपुर उपमहागनरपालिका वडा नं १ को परिसरमा वृक्षारोपण गरेको छ । पतञ्जली योग समिति सुनपुरका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्ष्ता एवम् योग समितिका नगर सदस्य कृष्णबहादुर आचार्यको प्रमुख आथित्यमा वृक्षारोपण गरिएको हो । नगरलाई हरियाली बनाउने तुलसीपुर उपमहागनरपालिकाको उद्देश्य अनुसार वडा कार्यालयको हाताभित्र कागती, अनार लगाएतका विभिन्न प्रजातिका करिब एक सय बिरुवा रोपेको योग समितिले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस