विप्लवको नयाँ जुक्ति, मृत्यु भएका मान्छेको नामको सिम प्रयोग

तुलसीपुर २८ साउन

विप्लव समुहका कार्यकर्ताले मृत्यु भएका मान्छेको नागरिकता प्रयोग गरेर सिम निकाल्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो समूहका कार्यकर्ताले आफनो नामको सिम प्रयोग गर्न छोडेर मृत्यु भएका मान्छेको नाममा सिम झिकेर प्रयोग गर्ने गरेको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए । ‘विप्लवका कार्यकताको नाममा रहेको फोन स्वीच अफ भन्छ,’ प्रहरी प्रमुख पाण्डेले भने– ‘पक्राउ पर्ने डरले मृत्यु भइसकेका व्यक्तिको नाममा नयाँ सिम झिकेर प्रयोग गरिरहेको खुलेको छ ।’

सरकारले विप्लव समूहलाई प्रतिवन्धित गरेपछि सो समूहका सबै कार्यकर्ताको फोन अहिले अफ अफ छन् । उनिहरुले प्रयोग गरेका सिमको खोजी गर्दै जाँदा बर्षौ अघि मृत्यु भइसकेका मान्छेको नाममा रहेको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार
प्रतिक्रिया