वक्तृत्वकलामा ज्ञानज्योतिका भुषाल प्रथम

साउन २८, २०७६  

तुलसीपुर,
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तुलसीपुर नगर जेसिजले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भुमिका विषयक अन्तक्र्रिया विषयक प्रतियोगितामा ज्ञानज्योति माविका प्रविण भुषाल प्रथम भएका छन् ।

Advertisement

१६ जना प्रतिष्पर्धिले भाग लिएको कार्यक्रममा गुरुजजुर माविका निराजन केसी द्धितिय,तुलसी माविका भुपेन्द्र वली तृतिय र हिमाल एकाडेमीकी तृसना रोकायाले सान्त्वना स्थान प्राप्त गरेका थिए । तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस