तुलसीपुरमा खेलाडीलाई सम्मान

साउन २७, २०७६  

तुलसीपुर २७ साउन

Advertisement

तुलसीपुर उपमहानगरपालिकाले खेलाडीहरुलाईसम्मान गरेको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरीएको हो । ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ मा पदक प्राप्त गर्ने सात जना खेलाडीहरुलाई सम्मान गरीएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उनीहरुलाई नगदसहित सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा अरुणा रिजाल, करुणा रिजाल, सिमा चौधरी, सिमन पाण्डे, लेखनाथ महर, अभय शाह र बेद वहादुर वली रहेका छन् ।
उनिहरु मध्ये ६जना गोरखा मावि र एक जना महेन्द्र माविका विद्यार्थी हुन । रजत पदक जितेका खेलाडी अभय शाहलाई तिन हजार रुपैया पुरस्कार प्रदान गरीएको हो भने स्वर्ण पदक जितेका अन्य खेलाडीहरुलाई जनही पाँच हजार रुपैयाका दरले पुरस्कार प्रदान गरीएको हो । सोहि अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले खेल क्षेत्रबाट उपमहानगरपालिकालाई नमुना योग्य बनाउन खोजेको बताउनुभयो ।
सम्मानित खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै नगरप्रमुख पाण्डे हरेक युवाहरुलाई खेलकुद संगै राजनितिक, समाजिक,बौद्धिक विकास तर्फ लाग्न आग्रह समेत गनुभयो ।

Advertisement

युवाहरु कुलतमा फसेर सामाजिक विकृति फैलाउनु भन्दा समाज परिवर्तनका लागी अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो ।
उपमहानगरका खेलकुद संयोजक अमर नेपाली माईकलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा माध्यामिक विद्यालयका खेल संयोजक मोहन स्वर्णकार र तुलसीपुर उपमानगरपालिका नमुना युवा संसदका राष्ट्रपति मदन भुसाल लगाएतले बोलेका थिए । कार्यापालिका सदस्य दिपक कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका सुचना अधिकारी झरेन्द्र खरेलले गर्नु भएको थियो ।।

 

 

प्रतिक्रिया दिनुहोस