भालुको आक्रमणबाट एक गम्भीर घाइते

साउन २७, २०७६  

विश्वनाथ सिम्खाडा

Advertisement

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । आइतबार बेलुका ५ बजे गाउँकै मकै बारीमा गएको बेला स्थानिय कणबिर शाहीलाई भालुले आक्रमण गरेको हो ।

भालुले आक्रमण गरी गम्भीर घाइते भएका शाहीलाइ स्थानिय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरा सिंहशाहीले बताए । ‘शाहीलाई गाउँमा नै भालुले आक्रमण गरेको हो ।’ उनले भने, ‘शाहीको अवस्था गम्भीर छ । थप उपचारका लागि सुर्खेत लगिएको छ ।’

गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनुपर्छ ।’ उनले भने ,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन् ।’वडा नं ९ मा घना जंगल भएकाले पनि भालुको वासस्थान रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस