घोराहीका एक शिक्षक दश हजार घुस रकम सहित पक्राउ

साउन २७, २०७६  

तुलसीपुर, २७ साउन । घुस रकम सहित दाङमा एक शिक्षकलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही १८ मा रहेको माध्यमिक विद्यालय रझेनामा कार्यरत शिक्षक गणेश केसी रहेका छन् । केसीले विद्यालयमा डिप्लोमा सिभिल इञ्जिनियरिङ्गको प्रवेश परिक्षामा उत्तिर्ण बनाई दिने भन्दै घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा त्यहा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले दश हजार रुपैया घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । उनलाई घोराही १५ बाट सोमवार पक्राउ गरीएको सम्पर्क कार्यालय नेपालगन्जले जानकारी दिएको छ । पक्राउ परेका केसी माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।रुकुम स्थायी घर भई हाल उनी घोराहीमा बस्दै आएका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस