तुलसीपुरको बिच सडकमा ठूलो खाल्डो !

साउन २६, २०७६  

तुलसीपुर, २६ साउन
तुलसीपुरको सल्यान रोड स्थित विच सडकमा ठूलो खाडल खनिएको छ । अबैज्ञानिक भौतिक संरचानको निर्माणका कारण लाखौं खर्चेर निर्माण गरिएको यो सडक पटक पटक भत्काउने गरिएको छ । अध्यन विना विगतमा जथाभावि रुपमा जमीन मुनि गाडीएका अव्यवस्थीत अप्टीकल फाइबरका कारण तुलसीपुरको वीरेन्द्र चोकको उत्तर तर्फ र घोराही रोडमा अन्डरग्राउड फिडर पत्ता लगाउन खाडल खनिएको हो ।
यता नेपाल टेलिकमले भने नयाँ अप्टिकल फाईबर बिछ्याउनका लागि सडक निर्माण गर्दा धसीएको अन्डरग्राउड फिडरको चेम्बर सडकको सतहसंग मिलाउनका लागि खनिएको जनाएको छ । ‘सडक निर्माण गर्दा चेम्बर तल धसियो,’ टेलिकम निमित्त प्रमुख खुबीराम सेढाईले भने– ‘नयाँ प्रविधिको अप्टिकल फाईबर विछ्याउने भएकाले माटोले पुरिएको चेम्बर सफा गर्न र सडकको लेबलसंग मिलाउन खाडल खनिएको हो ।’
यो त उदाहरण मात्र हो यस्तै गरि तुलसीपुर खानेपानीले विस्तार गरिएको अव्यवस्थीत पाइपलाइनका कारण पनि यस क्षेत्रमा विभिन्न स्थामा सडकमा खाल्डा खन्ने र पुर्ने काम हुदै आएको छ । विशेषगरी घरमा धारा वितरण गर्दा या पानी सप्लाई नहुँदा निर्माण गरिएका पक्की सडकहरु यसैगरी भत्काउने गरिएको छ । सार्वजनिक संरचना भक्काए पनि सम्बन्धित निकायहरु जवाफ देही भएको पाइदैन ।

Advertisement

अव्यवस्थीत रुपमा गरिने विकासले राज्यलाई फाइदा भन्दा पनि घाटा पु¥याउने भन्दै नागरिक अगुवा टीकाराम रेग्मीले ढल निकास, खानेपानीको पाईप, विद्युतीय पोल, अप्टिकल फाईबर विस्तार गर्दा बढोसुझबुझका साथ लामो गृहकार्य गरेर संरचना निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
‘ यहाँ त कैसलाई कसैको मतलव छैन,’ नागरिक अगुवा रेग्मीले भने– ‘लाखौ खर्च गरेर निर्माण गरेको बाटोमा कसैले कुलो काट्छ, कसैले पाइपलाईन विस्तार गर्छ कसैले पोल गाड्दिन्छ यो कसले हर्ने ?’ जसका काराण राज्यलाई ठूलो क्षेति त हुन्छ नै यसले वातावरण प्रदुषण र सवारी अवागमणमा समेत ठूलो प्रभाव पर्ने उनको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस