विक्री हुन छाड्यो सुन !

तुलसीपुर, २५ साउन

सुनको मूल्य ७० हजार रुपैयाँ पुगेपछि यसको कारोबार देशभर घटेको छ । सुनको कारोबार घटेपछि महंगो भाडा तिरेर बसेका व्यवसायीहरु यतिबेला के गर्ने भन्ने अन्यौलमा छन् । अहिले दिनमा एक किलो पनि सुन विक्री हुन छोडेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको कारोबार ठप्प जस्तै रहेको छ।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन थुप्रिएको छ । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

यसैविच सुन चाँदी व्यवसायी महासंघले सुन धितो राखेर ऋण नदिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।सुनको मुल्य बढेपछि ग्राहकहरु पुराना सुनका गहना लिएर आउने गरेको भन्दै यस्तो अवस्थामा जोखिम हुन सक्ने भन्दै सुन नराख्न आग्रह गरेको हो ।

 

 

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया