सहकारीकर्मिलाई निति र सिद्धान्तबारे प्रशिक्षण

साउन २५, २०७६  

तुलसीपुर,२५ साउन ।

Advertisement

सहकारीले अव समाज परीवर्तनका लागि विभिन्न योजना अघि सार्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन । तुलसीपुर ११ उरहरीमा सम्पन्न एक दिने दोश्रो कार्यकुसलता तथा सिकाइ ब्यवस्थापन कार्यसाला गोष्ठिको उद्घाटन अवसरमा बोल्ने सहभागिले यस्तो कुरामा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानग्पालीकाका कार्यवाहक मेयर श्याम डाँगीले सहकारीका माध्यमबाट आर्थिक रुपमा मजबुद बन्न सकिनेमा जोड दिएका थिए । यसका साथै सहकारीले अव नमुनायोग्य कार्यमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । मितेरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको गोष्ठीमा नेफ्स्कुनका क्षेत्रिय प्रमुख दिपक प्रसाद ढुगाना र फिड अधिकृत सन्दीपराज ढकालले सहकारीका निति नियम ,सिद्धान्त ,यसका फाईदाका बारेमा प्रशिक्षण दिएका थिए ।

Advertisement

संस्थाका अध्यक्ष वलेदव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष रुप बहादुर खत्रि, अमर माविका प्रअ पदम प्रसाद न्यौपाने लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष गोमा बालनक्षेत्रिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रको सहजिकरण सचिब हरी प्रसाद वलीले गरेका थिए । सो ,अवसरमा घोराही,नारायणपुर र तुलसीपुर क्षेत्रका गरि सहभागि ६ सहकारीका प्रबन्धकले प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस