धिताल हत्याकाण्डको एसपीले गरे नयाँ खुलासा

साउन २५, २०७६  

तुलसीपुर, २५ साउन
संचार उद्यमी हेमराज धितालको परिवारले किटानी जाहेरी दिएमा हत्यारा पक्राउ पर्ने दाङका प्रहरी प्रमुख वेलबहादुर पाण्डेले दाबी गरेका छन् । धितालको हत्या आर्थिक कारणसंग जोडिएको भन्दै किटानी जाहेरी दिनुपर्ने बताए । ‘धितालको हत्या आर्थिकसंग जोडिएको देखिन्छ,’ प्रमुख पाण्डेले भने– ‘त्यो मान्छे एक पटक पक्राउ परिसकेको पनि हो । मान्छेलाई त्यतिकै ल्याएर थुन्नु पनि त भएन नि । त्यसका लागि पिडित परिवारले जाहेरी दिनुपर्छ ।’

Advertisement

कीटानी जाहेरी दिदा २५ दिन सम्म थुनामा राखेर अनुसन्धान गर्दा सजिलो हुने भन्दै त्यसबाट अनुसन्धानमा धेरै सहजता हुने बताए ।
तत्कालिन समयमा अनुसन्धानका लागि ल्याइएका व्यक्तिहरूको बयानका आधारमा केहि क्लुहरु भेटिएकाले संका गर्ने प्रसस्त आधारहरु भएको प्रहरीले बताएको छ ।

आर्थिकसंग जोडिएका र पक्राउ परेका व्यक्ति को थिए त्यो भने प्रहरी प्रमुख पाण्डेले खुलाएनन् । प्रहरीको भनाईलाई आधार मान्ने हो भने प्रहरी अपराधिको नजिक पुगिसकेको देखिन्छ । यद्यपी प्रहरीलाई पक्राउ गर्नका लागि किटानी जाहेरी चाहिएको छ

प्रतिक्रिया दिनुहोस