दाङमा अपराधीक घटना बढ्दो,वितेको आर्थिक वर्षमा सात सय वढि मुद्धा फच्यौट

साउन २४, २०७६  

तुलसीपुर, २४ साउन । जिल्ला प्रहरी कार्यालय दाङले बार्षिक कार्य प्रगति विवरण बारे शुक्रवार पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । प्रहरीले सार्बजानिक गरेको तथ्याङक हेर्दा वितेको दश वर्षको अवधी जिल्लामा अपराधीक गतिबिधिहरु बढ्दो क्रममा रहेको छ । प्रहरीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा ४३४, ०६७÷६८ मा ४४९ , ०६८÷६९ मा ४६८, ०६९÷७० मा ४८५, ०७०÷७१ मा ५९५, ०७१÷७२ मा ५८७ , ०७२÷७३ मा ५३९ , ०७३÷७४ मा ८०१ , ०७४÷७५ मा ९२८ र ०७५÷०७६ मा ९५७ वटा अपराधका घटनाहरु दर्ता भएको छ ।
यस्तै प्रहरीको तिन बर्षे प्रगति तथ्याङक अनुसार ०७३÷०७४ मा ८०१ वटा मुद्दा दर्ता भएकोमा ७९३ मुद्दा फचर््यौट भईसकेको छ । यस्तै २०७४÷०७५ मा ७४९ मुद्दा फच्यौट भएका छन भने १७९ वटा मुद्दा फच्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।
०७५÷०७६ मा ७०६ वटा मुद्दा फचर््यौट भएका छन भने २४५ वटा मुद्दा फचर््यौट प्रकृयामा रहेको प्रहरी प्रमुख पाण्डेले जनाएका छन । जवरजस्तीकरणीका बितेको आर्थिक वर्षमा ६२ वटा मुद्दा दर्ता भएका छन भने ६१ जना पक्राउ परेका छन । करणी उद्योगमा २२ वटा मुद्दा दर्ता भएकोमा २२ जना नै पक्राउ परेको प्रहरीको तथ्याङकले देखाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस