उत्तरको ठाउँमा धर्मपत्नी बिमला उमेदवार बन्ने चर्चा

साउन २४, २०७६  

तुलसीपुर, २४ साउन
दाङको निर्वाचन क्षेत्र नंं. ३(ख) मा हुने उप निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट बिमला वली उठ्ने चर्चा छ । उनि स्वर्गीय उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । पार्टीका केहि नेताहरुले उमेद्वारको पहिलो सूचिमा वलीको नाम अघि सारेपछि उनको चर्चा हुन थालेको हो । सवारी दुर्घटनामपरी गम्भिर घाइते भएका प्रदेश सांसद उत्तरकुमार वलीको गएको फागुन १० गते निधन भएपछि त्यो क्षेत्र अहिले रिक्त छ ।
सरकारले मंसिर १४ गते उपनिर्वाचन घोषणा गरेसंगै नेपाल कम्युनिष्ट पार्टीभित्र पश्चिम दाङमा कसलाई उमेद्वार बनाउने भन्ने विषयले प्राथामिकता पाउन थालेको हो ।
‘पहिलो उमेदवार बिमला नै हुन,’ दाङ क्षेत्र नं ३ (ख) पार्टी संयोजक चुर्णबहादुर वलीले भने– ‘यदि उनले नमाने शोभाराम बस्नेतको पालो आउछ ।’
कतिपय नेताहरुले भने व्यक्तिले बोलेको कुरालाई आधिकारीक मान्न नसकिने बताएका छन् । ‘पार्टीले ठिक समयमा उपयुक्त नेतालाई उमेदवार बनाउछ,’ नेता हुकुम बस्नेतले भने–‘ पार्टीको आधिकारीक धाराणा नआउदै भन्नु अलि हतार हुन्छ ।’ अन्य नेताले भने वलीलाई रोजगारीको ग्यारेन्टी र छोराहरुको शिक्षामा जोड दिनुपर्ने बताउदै आएका छन् ।

Advertisement

‘पति वियोगमा भएको बेला निर्वाचनमा ल्याएर उहाँलाई सक्नु भन्दा उहाँको लाइफ कसरी सेटल गर्न सकिन्छ भन्ने कुरा पार्टीले सोच्नु पर्छ ’ एक नेताले भने ।

यता बिमला वलीले भने पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बताइन । श्रीमान पार्टीको काममा लाग्दा आफुले घर समाहलेर बसेको भन्दै वलीले उहाँको निधन पछि बाँकी अधुरा सपना पुरा गर्ने जिम्मेवारी आफुमा आएको बताउनुभयो ।

Advertisement

 

 

प्रतिक्रिया दिनुहोस