तुलसीपुरमा बालक बलात्कृत !

साउन २३, २०७६  

तुलसीपुर, २३ साउन
तुलसीपुरमा एक बालकलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका १४ बस्ने ४१ बर्षका भारतीय मुलका मविन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गएराति पक्राउ परेका मविनले आफनो वास्तविक थर लुकाएर लुकाएर राई लेखाएका छन् ।
घटना केहि दिन अघिको भएपनि आर्थिक लेनदेनमा कुरा नमिलेपछि प्रहरीसम्म पुगेको स्रोतले बताएको छ । केहि बर्षअघि पनि उनले तुलसीपुरमै एक बहिरालाई जबरजस्ती करणी गरेको आरोपमा जेल सजाय भोगेका थिए । उनले तुलसीपुरमा घरमा रङ लगाउने काम गर्दै आएका छन् ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस