उत्कृष्ट कृषकलाई तुलसीपुरमा सम्मान

तुलसीपुर, १६  साउन

 

तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई प्रोत्साहित गर्नका लागि नगरभित्रका ५ उत्कृष्ट कृषकहरुलाई नगद ५ हजार सहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुने किसानहरुमा तरकारी खेति गर्ने वडा नम्वर ४ का दोलकवहादुर खत्री र वडा नम्वर २ का सुरज चौधरी पनि रहेका छन् । यसैविच उपमहानगरपालिकाले विभिन्न खेति गर्ने १२ किसानहरुलाई कृषक पोशाक समेत वितरण गरेको छ । सम्मानित हुने कृषकहरुलाई प्रमाण पत्र, कृषि कार्य गर्ने वेलामा लगाउने पोशाक वितरण गरिएको थियो । यसरी सम्मानिक हुनेहरुमा नरनारायण खत्री, रेशम विष्ट, चन्द्रवहादुर डाँगी, धनवहादुर खत्री, हरिवहादुर रोका, ऋषिराज केसी, ओकी डाँगी, तेजवहादुर केसी, क्षेत्रवहादुर खत्री, अम्मरवहादुर डाँगी, मधुमाया जिसी र मनवहादुर केसी रहेका छन् ।

यसैगरी उपमहानगरपालिकाले व्यावसायिक कृषकहरुको पहिचानका लागि कृषक परिचय पत्र समेत वितरण गरेको छ । उपमहानगरपालिका भित्रका २२ जना किसानलाई यस्तो परिचय पत्र वितरण गरिएको थियो । सार्वजनिक रुपमा कृषि शाखाले सुचना प्रकाशित गरेर कृषकहरुलाई छनोट गरेको थियो ।
सम्मान कार्यक्रममा वोल्दै नगर प्रमुख घनश्याम पाण्डेले उत्कृष्ट कृषकहरुलाई खोजेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने वताए । सम्मानले किसानको स्वाभिमानलाई उच्च वनाएको समेत उनको भनाई थियो । ‘सुन वेच्ने मान्छे मात्रै सम्मान हुने यो समाजमा हामीले किसानको सम्मानलाई समेत अगाडि वढाएका हौ’ नगरप्रमुख पाण्डेले भने । व्यवसायिक किसानको परिचय दिनका लागि परिचय पत्र वितरण र सम्मान गरिएको उनको भनाई थियो ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार
प्रतिक्रिया