कम उमेरमा बन्छन आमा: प्रादेशिक अस्पतालमा ६ सय किशोरी आमा बने

साउन १६, २०७६  

ओपेन्द्र बस्नेत, तुलसीपुर, १६ साउन ।
नेपालमा २० बर्ष नपुग्दै विहे गर्न नपाईने कानुनी व्यवस्था छ । तर प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्ष भन्दा कम उमेरमा आमा बन्ने किशोरीको संख्या भने डरलाग्दो छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार १४ बर्ष देखि १९ बर्षको उमेरमा आमा बन्ने किशोरीको संख्या झण्डै छ सय पुगेको छ । आर्थिक बर्ष २०७५÷०७६मा अस्पतालमा सुरक्षीत रुपमा सुत्केरी सेवा लिन आएका २ हजार ९ सय ९४ जना मध्य ५ सय ६८ जना बीसबर्ष मुनिका भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी कमल सुवेदीले जानकारी दिनुभयो ।
सूचना अधिकारी सुवेदीका अनुसार १५ बर्षका ६, १६ बर्षका ३१, १७ बर्षका ९९, १८ बर्षका २०९ र १९ बर्षका २२३ जनाले कम उमेर बच्चा जन्माएका छन् ।

Advertisement

अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा बर्ष २ हजार ५६ जनाले सुरक्षीत सुत्केरी सेवा लिएपनि उमेर खुल्ने गरी रेकर्ड नराखीएकाले यति नै भन्न सक्ने अवस्था नभएकोसुवेदीले बताउनुभयो । ‘यतिनै त भन्न सकिन्न,’– सूचना अधिकारी सुवेदीले भन्नुभयो– ‘भर्खरै सम्पन्न आर्थिक बर्षको आँकडा अनुसार गतबर्ष पनि ठूलो संख्यामा बीस बर्ष मुनिका किशोरी आमा बनेको हुनुपर्छ ।’ अस्पतालका अनुसार कम उमेरमा आमा बन्ने किशोरीको अनुपातलाई हेर्दा १९.०३ प्रतिशत हुन आउँछ । यो भनेको सुत्कोरी सेवा लिन आउने एक सय जनामा १९ जना कम उमेरका आमा आउने गरेको बुझीन्छ ।

कम उमेरमा आमा बन्दा गम्भिर समस्या हुन्छ : डाक्टर
कम उमेरमा बच्चाको आमा हुँदा बच्चा र आमा दुबैलाई जटील प्रकारको शारिरीक समस्या हुने अस्पतालमा कार्यरत महिला तथा प्रसुति रोग विशेषज्ञ डा. विनोद सिंहले जानकारी दिनुभयो । कम उमेरमा बच्चा जन्माउदा महिलामा, पाठेघर खस्ने, क्यान्सर हुने, शारिरीक कम्जोरी र रक्तश्राव भएर ज्यानै जानेसम्मको जोखीम बढी हुने डां सिंहले बताउनुभयो । त्यसैगरी परीपक्वता नभएका आमाको शरिरबाट जन्मेको बच्चा कुपोषित हुने, सानो जन्मीने, शारिरीक विकास नहुदा पुट्को हुने र आमाले बच्चालाई राम्रोसंग दुध खुवाउन नसक्दा बच्चा ख्याउटे र अपाङ्ग समेत आदी समस्या हुने अस्पतालले बतएको छ । सुरक्षीत सुत्केरी सेवा लिन आएका कम उमेरका किशोरीको अवस्था हेरेर मात्र अस्पतालमा सुत्केरी सेवा उपलब्ध गराइने डा. सिंहले बताउनुभयो ।

Advertisement

‘मेरो अनुभवमा २÷३ बर्षको अवधिमा अत्याधिक रक्तश्राव भएका, समय नपुग्दै सुत्केरी वेथा लागेका र अन्य शारिरीक जटिलता भएका कम उमेरका करिब एक सय जतिलाई बाहिर रिफर ग¥यौ,’ डां सिंहले भन्नुभयो– ‘त्यसैले बाहिरको अपडेट नहुदा मातृशिशु मृत्यु दरको विषयमा जानकारी हुन सकेन । ’

जनचेतना आवश्यक
यता राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.सर्वेश शर्माले बाल विवाह न्युनिकरणमा सवै सरोकारवाला निकायले ध्यान दिएमा कम उमेरमा आमा वन्नेको संख्याम कमी आउने बताउनुभयो । जनचेतना र कानुन कार्यान्वयनको पाटोलाई स्थानीय तहले संगसंगै लग्नु पर्ने डा. शर्माले सुझाव दिनुभयो ।

मुलुकी अपराध संहिता ऐन २०७४को १७१ को बाल विवाह गर्न नहुने महलको (२) र (३) को उपदफा (१)मा बीस बर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाईने र यदी गरेको पाईएमा विवाह स्वत वदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था छ । यद्यपी कम उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम भने अmभै रोकिएको पाइदैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस