राप्ती प्रादेशिकमा ६६ हजारले लिए उपचार सेवा

साउन १४, २०७६  

तुलसीपुर,१४ साउन

Advertisement

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक बर्षको अवधिमा उपचार सेवा क्षेत्रमा गरिएका प्रगतिको विवरण सार्वजनिक गरेको छ । अस्पतालमा पत्रकार सम्मेलनको अयोजना गरेर बिरामीको उपचार स्थिती, उपकरण खरिद, भौतिक पुर्वाधारको विकास, अस्पताले प्रदान गर्दै आएको उपचारको थप सेवा, जनशक्ति अभाव र चुनौतिका विषयमा प्रगति विवरण सार्वजनिक गरेको हो ।
अस्पतालले अघिल्लो बर्षको तुलनामा यस बर्ष उपचार गाराउन आउने बिरामीको संख्या कम भएपनि ठूलो उपलब्धीका रुपमा लिएको छ । आर्थिक बर्ष २०७४/०७५ मा ६७ हजार ३ सय ७९ जनाले लिएकोमा भर्खरै सम्पन्न भएको आर्थिक बर्ष २०७५/०७६ मा ६६ हजार ३ सय २४ जनाले उपचार सेवा लिएका छन् ।

अस्पतालले उपलब्ध गराएको प्रगति विवरणमा ओपिडी सेवा ५३ हजार ३ सय ५४, इमर्जेन्सी सेवा ८ हजार ५ सय ९४ र इन्डोर सेवा (भर्ना) ४ हजार ३ सय ७६ जनाले उपचार सेवा लिएको उल्लेख गरिएको छ । त्यस्तै २ हजार ९ सय ८४ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका छन् । अघिल्लो बर्ष (२०७४/७५) २ हजार ५६ जनाले यो सेवा लिएको थिए । अघिल्लो बर्षलाई तुलना गर्दा यस बर्ष एक हजार बढीले सुत्केरी सेवा सेवा लिएको देखिन्छ । त्यसैरी ल्याव सेवा एक लाख ५९ हजार ८ सय ७६ जनाले लिएका छन् ।अघिल्लो बर्ष ८६ हजार जनाले मात्रै यो सेवा लिएका थिए ।

Advertisement

‘बाल रोग विशेषज्ञ र हाड जोर्नी डाक्टर नभएका कारण संख्यामा कमी आएको हो,’ मेडिकल रेकर्डर कमल सुवेदीले भन्नुभयो –‘ दुबै डाक्टर भईदिएको भए उपचार सेवा लिनेको संख्या ८० देखि ९० हजारको हाराहारीमा पुग्ने थियो ।’

 

पैसा भन्दा पनि डाक्टर पठाउ : डा. शर्मा
प्रायाप्त मात्रामा दक्ष जनशक्ति नहुदा अपेक्षाकृत रुपमा सेवा प्रभाह गर्न नसकिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले गुनासो गर्नुभयो । अस्पतलाई पैसा भन्दा पनि डाक्टर पठाउन सम्बन्धित निकायलाई आग्रह गर्दै उहाँले यो बर्षलाई दक्ष जनशिक्तको बर्षका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

 

७४ जनाको दरवन्दी भएकोमा अस्पतालमा अहिले पनि ११ जनाको दरवन्दी रिक्त रहेको छ । अस्पतालमा अत्याधुनिक ल्याब सेवा, सिकलसेल एनिमियाको जाँच, डाइलाईसीस, इन्डोस्कोपी, मुटुको भिडियो एक्सरे जस्ता सेवा दिइरहेकाले पनि उपचार सेवा लिन आउनेको संख्यामा वृद्धि हुन थालेको डा.शर्माले बताउनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका सर्जन डा. जनार्दन पन्थी, अधिकृत राजु श्रेष्ठ लगाएतले सहजीकरण

 

प्रतिक्रिया दिनुहोस