महामारी रोगका विरुद्ध १९ हजार बाख्रालाइ खोप

साउन १४, २०७६  

ओपेन्द्र बस्नेत

Advertisement

तुलसीपुर, १४ साउन ÷ पशु सेवा शाखा कार्यालय तुलसीपुरले १९ हजार बाख्रालाई पि.पि आर खोप दिएको जनाएको छ । एक बर्षमा कार्यालयबाट स्वास्थ्य सेवा लिएका ३३ हजार एक सय पशुपंक्षि मध्य यो संख्या सबै भन्दा बढी हो ।
महामारी रोगका रुपमा परिचत यो पि.पि आर रोग लागेका खसीबाख्रा एक हप्ता भित्र मर्ने गर्दछन् । यो रोग लागेमा एक सय ७ डिग्रीसम्म ज्वरो आउने, मुख र गिजामा घाउ आउने, पखालामा रगत देखिने, नाकबाट बाक्लो सिगान बग्ने र अन्तिममा पानीको मात्रा कम भएर बाख्रा मर्ने पशु सेवा कार्यालका पशु सेवा प्राविधिक सुवास आचार्यले जानकारी दिनुभयो । यो रोग लागेमा उपचार नहुने कार्यालयले बताएको छ ।

कार्यालयले अघिल्लो बर्ष ७ हजार खसीबाख्रालाई पिपिआर खोप दिइएको थियो । एक पटक लगाएमा दुई बर्षसम्म काम गरेपनि दाङमा छाडा चरीचरण गर्ने भएकाले एक बर्षपछि पुनः लगाउनु पर्ने पशु प्राविधिक आचार्यले बताउनुभयो । किसानका घरघरमा गएर पिपिआर खोप लगाएका कारण आर्थिक बर्ष २०७४÷०७५ को तुलनामा आर्थिक बर्ष २०७५÷०७६मा पिपिअर खोप लगाउने खसीबख्राको संख्यामा ६० प्रतिशतले वृद्धि भएको कार्यालयले बताएको छ । त्यसैगरी खोरेत लागेका दुई हजार पाँच सय गाई गोरु, हैजा भनेर चिनिने स्वाइन फिबरका ७ सय बंगुर, रेबिज रोग लागेका ३ सय ७९ वटा कुकुरलाई भ्याक्सीन दिइएको छ ।

त्यसैगरी ८ हजार २ सय ५६ पशु चौपायालाई उपचार सेवा, एक हजार ३ को बन्ध्याकरण, ७ सय ९१ को गोबर जाँच गरिएको छ भने ३ सय ५९ वटा गाई र एक सय २० भैसीको कृतिम गर्भाधान गराइएको छ ।
कार्यालयको प्रगति विवरणका अनुसार पशु चौपायका लागि हिउदे घाँस दुई हजार चार सय किलो र सतहत्तर हजार पाँच सय, बर्षे घाँसको बिरुवा किसानलाई अनुदानमा उपलब्ध गराइएको छ ।

विभिन्न चुनौतिका बाबजुत पनि उल्लेख्य प्रगति भएको पशु सेवा शाखा कार्यालका पशु सेवा प्राविधिक नवराज रेग्मीले दाबी गर्नुभयो । पशु मृत्यु दरमा कमी आएको, बिमा तथा कृतिम गर्भाधानमा कृषकको आकर्षन बढेको, घाँसमा आधारित पशुपालन उन्मुख ब्यबसायको सुरुवात भएको कुरालाई आधार मानेर उपलब्धिका रुपमा मापण गरिएको प्राधिक रेग्मीले बताउनुभयो । यद्यपी कार्यालयको आफनै भवन नहुनु, सवारी साधनको कमी र विभिन्न वडाले समन्वयकारी भुमिका निर्भाह नगर्दा कठीनाई भएको रेग्मीले बताउनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस