व्यवस्थापन संकायतर्फ सुवेदी जिल्ला उत्कृष्ट

साउन १४, २०७६  

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञानज्योति सेकेन्डरी स्कुल तुलसीपुरका सुवास सुवेदीले व्यवस्थापन संकायतर्फ उत्कृष्ट अंक ल्याएका छन् । उत्कृष्ट हुने विद्यार्थी सुवेदीले ३.७६ जिपिए अंक ल्याएर जिल्ला उत्कृष्ट भएको कलेजका प्राचार्य सुरेन्द्र जिसीले दावी गरेका छन् । विद्यालयले विगतदेखि नै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको सहप्राचार्य मनोज कुमार केसीले जानकारी गराएका छन् । २०६५ सालमा स्थापना भएको कलेजले अहिले व्यवस्थापन, विज्ञान, मानविकी, कानुन र शिक्षा संकाय अध्यापन गराउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस