सुविधा सम्पन्न कृषि बजारको निर्माण कार्य अन्तिम चरणमा

साउन १३, २०७६  

तुलसीपुर, १३ साउन

Advertisement

करिब २ करोड लागतमा तुलसीपुरमा बन्न लागेको सुविधा सम्पन्न कृषि तथा फलफुल बजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कृषी बजारका लागि ३६ वटा स्टल, शौचालय तथा बाथरुमको निर्माण कार्य सपन्न भइसकेको छ भने ओपन हाउस, टायल मार्मल विछ्याउने र वाइरीङको काम बाँकि रहेको तुलसीपुर उपमहागनरपालिका कार्यालयका सव–इन्जियिनर खड्क विकले जानकारी दिनुभयो ।
असोज एक गतेदेखि कृषी बजार संचालन गर्नेगरी निर्माण कार्यलाई तिब्र पारिएको सवइन्जिनियर विकले जानकारी दिनुभयो । एक करोड ८० लाख ७ हजार ५ सय रुपैय मध्य एक करोड ८ लाख रुपैयाँ, व्यवसायीले लगानी गरेका छन् । व्यवसायीले प्रति व्यक्ति तीन लाखका दरले रकम संकलन गरेर ३६ वटा व्यापारीक स्टल निर्माण गरिसकेका छन् भने तुलसीपुर उपमहानरपालिकाले ७१ लाख ९७ हजार ३ सय ७० रुपैयाँमा ओपन हाउस र मार्मल टायल विछ्याउने काम गरिरहेको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष झुपलाल खड्काले जानकारी दिनुभयो ।
बार्षिक १२ लाख रुपैयाँ तिर्नेगरी १० कठ्ठा जग्गा उपमहागनरपालिकाले भाडामा लिएर तरकारी तथा फलफुल बजार संचालनको अन्तिम तयारीमा पुगेको हो । यो बजारमा, कृषकले आफनो बारी वा खेतमा उत्पादन भएका तरकारी, फलफुल सोझै ल्याएर ओपन हाउसमा राखेर बेच्न पाउने व्यवस्था मिलाइएको छ । ‘कुनै पनि किसानले आफुले उत्पादन गरेको तरकारी जन्य वस्तुहरु अब बीरेन्द्र वा विपी चोकको छेउछाउँमा राख्नु पर्दैन,’ तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो–‘ अब सोझै यही लिएर मज्जाले विक्री गर्न सक्छ । उसलाई अब घामपानी, ढक तराजु कुनै चिको आवश्यकता पर्दैन । सबै निशुल्क व्यवस्था हुन्छ ।’

कृषी बजारमा संचालनमा आएमा तुलसीपुर बजारका चोक–चोक, सडक र गल्लीमा कुनै पनि कृषकले कृषीजन्य वस्तुहरु विक्रीवतरण गर्न पाउने छैन । अटो भिलेजको व्यवस्थापन गरिसकेको उपमहागनरपालिकाले कृषी बजारको व्यवस्थापन पनि पूर्णमा भएमा तुलसीपुरको सौन्दर्यता एकबाट सोझै ५० प्रतिशतमा पुग्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । तुलसीपुरको मुख्य भागमा रहेको तरकारी बजारका कारण कुइएका र षडेगलेका तरकारीजन्य वस्तुको तत्काल व्यवस्थापन नहुँदा दुर्गन्धित हुने र त्यसबाट थप रोगको संक्रमण बढ्ने सम्भावना भइरहेका बेला व्यवसायीको सहयोगमा गरिएको व्यवस्थापनले तुलसीपुरलाई राम्रो बनाउन मद्दत पुगेको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस