छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी

साउन ०८, २०७६  

काठमान्डौ, ८ साउन –

Advertisement

काठमान्डौ जिल्ला अदालतले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनिहरु विरुद्ध बहुविवाहको मुद्दा दर्ता गराएपछि पक्राउ पुर्जी जारी भएको हो ।
छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाँटका अधिकृत टीकासिंह खत्रीले बताए । पछिल्लो समय शिल्पा र छबिबीच डिभोर्सको हल्लाले चलिरहेका बेला जेठी श्रीमती हेमाले आइतबार दुबै विरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस