होटलमा बास बस्न गएका युवक मृत फेला

तुलसीपुर, ३ साउन । दाङको तुलसीपुर स्थित घोराहीरोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीप्ुरले जानकारी दिएको छ ।हमाल एक युवती संगै विहिवार राति १० बजेतिर होटेलमा बास बस्न गएका थिए । उनी संगै रुकुमकी एक युवती पनि होटेलमा बास बस्न पुगेको प्रहरीको भनाई छ ।हमाल विवाहित भएको बताईएको छ भने ती युवती अविवाहित भएको बुझिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको पोष्ट मार्टम गृहमा राखीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया