ज्ञान दिप कलेजमा दुई दिने आइटि तालिम

असार २५, २०७६  

तुलसीपुर,२५ असार ।

Advertisement

उपटेक्सेस काठ्मान्डौले ज्ञान दिप कलेज तुलसिपुरमा दुई दिने IT Workshop सन्चालन गरेको छ।सुचना प्रविधी सङ्ग सम्बन्धित उक्त Workshopमा BCA संकायका विद्यार्थीलाई लक्षीत गरिएको थियो । उक्त कार्यक्रममा Career Counselling,IT skills,Placement Training,Software Development सम्बन्धि जानकारी दिइएको कम्पनीका CEO गेहेन्द्र शाहले बताउनु भयो ।

यसका साथै BCA डिग्री पछि के गर्ने भन्ने विद्यार्थीको अन्योलतालाई कम्पनीका HR म्यानेजर राकेश शाहले सुनिश्चित भविष्य बारे जानकारी दिनु भएको थियो। उक्त कार्यक्रमबाट विद्यार्थीहरुले राम्रो लाभ लिएको कलेजका प्राचार्य शुरेन्द्र जि.सिले बताउनु भयो । Uptechsys प्रा.लि ITकम्पनी हो । सुचना प्रविधी सङ्ग सम्बन्धि सफ्टवेयर डेभलपमेन्ट ,डिजिटल मार्केटिङ ,आई.टि इन्फ्रास्ट्क्चरको काम गर्दै आएको कम्पनीको दाङ्ग शाखाका सेल्स म्यानेजर श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस