वडा स्तरिय बाल क्लव गठन

असार १९, २०७६  

तुलसीपुर, १९ असार । तुलसीपुर ४ मा वडा स्तरिय शान्त बालक्लव गठन गरिएको छ । विहिवार रक्षाचौरमा सम्पन्न भएको बाल भेलाले साहिल खड्काको अध्यक्षतामा ११ सदस्यिय बालक्लव गठन गरेको हो ।जसको उपाध्यक्षमा अनिशा खनाल, सचिवमा कविता पार्धे, कोषाध्यक्षमा मधु पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा मिना गिरी, विरमाया घर्ति,थम्मन् घर्ति, गोमा घर्तिमगर, खुसी परियार, पुतला वली र सर्मपण थापा रहेका छन् ।
तुलसीपुर कार्यपालिका सदस्य तथा वडा स्तरिय बाल संरक्षण समितिका संयोजक डिला परियारको अध्यक्षतामा भेला सम्पन्न भएको हो । सो अवसरमा वडा सदस्यहरु जय बहादुर गिरी, प्रेम बहादुर डाँगी लगाएतले बोलेका थिए । भेलाको सहजीकरण वडा कार्यालयका सहायक वडा सचिव खगराज भट्टराईले गरेका थिए । वडा भित्रको सवै भुगोललाई समावेश गर्ने गरी बालक्लव गठन गरिएको हो । वडामा गठन गरिएको बालक्लवले वडामा हुने बाल विबाह, बाल श्रम, बाल विभेद लगाएतका विषयलाई न्युनीकरण गर्नका लागी वकालत तथा पैरवी कार्यक्रममा महत्वपुर्ण भुमिका खेल्नेछ ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस