वडा स्तरिय बाल क्लव गठन गर्ने तयारी

असार १७, २०७६  

तुलसीपुर, १७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा वडा स्तरिय बाल क्लव गठनको तयारी गरिएको छ । जसका लागी अहिले वडाको विभिन्न स्थानमा टोल स्तरिय बालक्लव गठन प्रक्रियालाई तिव्रता दिईएको छ । जस अन्र्तगत मंगलवार बनहरी र खाद्रेमा टोल स्तरिय बाल क्लव गठन गरिएको हो । वडा स्तरिय बाल संरक्षण समितिका संयोजक तथा तुलसीपुर कार्यपालिका सदस्य डिला परियारको अध्यक्षतामा बनहरीमा सम्पन्न भएको सरोकारवालाहरुको भेलाले मधु पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय सिर्जनशिल बालक्लव गठन गरीएको वडा कार्यालयका कर्मचारी खगराज भट्टराईले जानकारी दिएका छन् ।
जसको उपाध्यक्षमा दिलमाया घर्तिमगर, सचिवमा मुग गिरी, कोषाध्यक्षमा अर्जुन नेपाली, सदस्यहरुमा अनरोध पार्धे लगाएतका रहेका छन् ।त्यस्तैगरी खाद्रेमा पनि अनिशा खनालको अध्यक्षतामा ११ सदस्यिय सरस्वती बालक्लव गठन गरिएको छ ।जसको उपाध्यक्षमा आईतराम खड्का, सचिवमा सुवास घर्ति, कोषाध्यक्षमा अंकिता थापा र सदस्यहरुमा एलिसा खत्री लगाएतका रहेका छन् ।
यस्तै बुधवार घोरानेटी र रक्षाचौरमा पनि टोल स्तरिय बालक्लव गठन गर्न लागीएको वढा सदस्य जय बहादुर गिरीले जानकारी दिएका छन् ।टोल स्तरिय बालक्लव गठन पछि वडा स्तरिय बालक्लव गठन गरिने वडा सदस्य गिरीले जानकारी दिएका छन् । वडामा बाल विवाह र बालश्रम न्युनीकरण गर्न लागी विभिन्न गतिविधि सन्चालन गर्न र सचेतना फैलाउनका लागी टोल स्तर देखी वडा बाल गठन गर्न लागीएको हो

Advertisement

प्रतिक्रिया दिनुहोस