स्वास्थ्य प्रर्वद्धन तथा संचार कार्यक्रम सम्पन्न

असार १७, २०७६  

हापुरे, १७ असार । पश्चिम दाङको बबई गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य प्रबद्र्धन तथा स्वास्थ्य संचार सचेतना कार्यक्रम मंगलवार हापुरेमा सम्पन्न भएको छ । बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्य अधिकृत हरिबहादुर पुनले विषय बस्तुको बारेमा जानकारी दिएका थिए ।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख हरि बहादुर खड्काले गरेको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् ।
यस्तै तुलसीपुर मिडिया प्रालीको आयोजना एबं शान्तिनगर गाउँपालिकाको सहयोगमा सामाजिक परिक्षण सम्वन्धी एक दिने कार्यक्रम चिराघाटमा सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी चिराघाटकी प्रमुख इक्षा महतले स्वास्थ्य संस्थाबाट सेवाग्राहीले पाउने सेवा सुबिधाका बारेमा जानकारी दिदै विषय बस्तुमाथि प्रकाश पारेकी थिईन् । स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डेले बार्षिक प्रगती प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक धन बहादुर केसीको अध्यक्षता एब गाउँपालिकाका अध्यक्ष कमानसिङ्ग डाङ्गिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण प्रालिका गोपाल शर्मा भट्टराईले गरेको गाउँपालिका प्रेस संयोजक निराश पाण्डे जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस