राष्ट्रपति रनिङ शिल्डमा विवाद: फर्जि विद्यार्थीलाई खेलाएर उपाधि

असार १३, २०७६  

तुलसीपुर,१३ असार ।

Advertisement

विवादै विवादका विच तुलसीपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ । केहि विद्यालयहरुले फर्जि विद्यार्थीलाई खेलमा सहभागि बनाउदा विवाद भएको हो । खेलमा आयोजक विद्यालय मावि हरीपौरीले १८ बर्ष मुनिका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताएको थियो । तर ग्रेट अरनिको बोर्डिङ्ग स्कुलले माथिल्लो तह तथा बाहिरका विद्यार्थीहरुलाई खेलाउदा विवाद भएको हो । उक्त विद्यालय र अमर मावि उरहरीका विचमा भलिवल खेल चलिरहदा बाहिरका खेलाडि भएको थाहा पाएपछि खेलाडी छानविनको लागि निवेदन दिदा पनि आयोजक विद्यालयले वास्ता नगरेको खेल शिक्षक ईन्द्रमणि खड्काले बताएका छन ।

दुवै टिमका विचमा भएको हार जितमा टिम क्याप्टेनले हस्ताक्षर गर्ने गरेको भएपनि उक्त खेलको वास्तै नगरि आयोजकले खेल अघि बढाएको थियो । बोर्डिङ्ग स्कुलले कमल बुढामगर भनेर कक्षा ११ मा भरेको रजिष्ट्रेशन स्लिप बुझाएको छ । तर स्लिपमा अन्य विद्यार्थीको फोटो टासेर फोटोकपी गरेको भन्दै सक्कल स्लिप देखाउन भन्दै निवेदन दिएपनि सक्कल देखाउन नसक्ने भन्दै विद्यालयले आफ्नै विद्यार्थी भएको दावि गरेको थियो । फोटो माथि राष्ट्रिय परीक्षा बोर्डको छाप समेत छैन ।

Advertisement

तर यसबारेमा विवाद बढ्दै गएपनि छलफल नै नगरि आयोजक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शम्भु रेग्मीले खेल अगाडी बढाउन निर्देशन दिए । उस्ले फाईनलमा ज्ञानज्योती संग भिड्दै उपाधि हात पा¥यो । उक्त विद्यालयलले एक जना मात्रै नभई अरु पनि राष्ट्रिय स्तरमा खेल्ने खेलाडिलाई सहभागि बनाएको श्रोतले बताएको छ । खेलमा आयोजक विद्यालय मावि हरीपौरीले समेत बाहिरका खेलाडी खेलाएपछि झनै विवाद श्रृजना भएको थियो । उस्ले हिमाल एकेडेमिलाई हराएको थियो ।

उक्त खेलमा शुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीहरु खेलमा पराजित हुदै खिन्न भएका थिए । यस्तै जनश्रम मावि खाद्रेका विद्यार्थीले २०० मिटरको छात्र दौडमा दोस्रो स्थान हासिल गरेको भनेपनि पछि रजिष्टरमा उनलाई तेस्रो भनेर लेखएि पछि विद्यालयले असहमति जनाउएको थियो । यसमा खेल प्रशिक्षकले लार्पवाही गरेको विद्यालयका खेल शिक्षकले बताएका थिए । उक्त प्रतियोगिताको उपाधी गोरखा माबि तुलसीपुरले हात पारेको छ । सर्वाधिक २० स्वर्ण,३ रजत र १ कास्य पदकका हात पार्दै गोरखा माबि तुलसीपुरले रनिङ शिल्डको उपाधी चुम्न सफल भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस