बलात्कार गरेको आरोपमा प्रहरी हवलदार पक्राउ

असार ०४, २०७६  

तुलसीपुर,४ असार ।

Advertisement

बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक हवलदार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बस पार्क प्रहरी चौंकीका हवलदार ३६ बर्षका मानबहादुर गुरुङ र बबई गाउँपालिका निबासी २७ बर्षका किशोर खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गत जेठ २७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको जाहेरीका आधारमा प्रहरीले गुरुङ र खड्कालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

ओरोपीलाई जेठ २१ गते बलात्कार गरेको आरोप लागेको थियो । त्यसैगरी तुलसीपुर – ६ बाट बलात्कार गरेको आरोपमा नविन शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जबरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।।


प्रतिक्रिया दिनुहोस