उत्प्रेरणा तथा वित्तिय साक्षरता बारे अन्र्तक्रिया

असार ०३, २०७६  

तुलसीपुर,३ असार ।
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था ईलाका कार्यालय तुलसीपुरले उत्प्रेरणा तथा वित्तिय साक्षरता अन्र्तक्रिया तथा गोष्ठि सम्पन्न गरेको छ । रुवि चौधरीको अध्यक्षता तथा क्षेत्रिय प्रबन्धक खगेन्द्र प्रसाद अर्यालको प्रमुख आतिथ्य एवं जोखिम विभाग प्रमुख कुमार बहादुर सिंहको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

Advertisement

कार्यक्रममा वित्त ब्यवस्थापन विभाग प्रमुख मोतिराज खनाल,क्षेत्रिय कार्यालयका प्रतिनिधि मुकुन्द अधिकारी,हेकुली शाखाका प्रतिनिधि टुपेन्द्र कुमार ढकाल लगायतको सहभागिता रहेको थियो ।

सहायक अधिकृत साधना चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण ईलाका प्रबन्धक भुवन प्रसाद उपाध्यायले गरेका थिए । सो अवसरमा संस्थाका ७० जना केन्द्र प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विषय माथि भएका गुनासा तथा जिज्ञासाका बारेमा छलफल गरि प्रकाश पारिएको थियो ।


प्रतिक्रिया दिनुहोस