प्रधानमन्त्री रोजगार कार्यक्रमकाे उद्धघाटन

असार ०३, २०७६  

निराश पाण्डे
चिराघाट, ३ असार/प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज शान्तिनगर गाउँ पालिकाले एक कार्यक्रमको आयोजना गरि उद्धघाटन गरेको छ। उक्त कार्यक्रम को उद्द्घाटन शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिले कागती को बिरुवा रोपि उद्द्घाटन गर्नु भएको हाे । उद्द्घाटन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह ,  प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सि,  शान्तिनगर गाउँ पालिकाका प्रबक्ता रबि बुढाथोकी र स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डे ले बोल्नु भएको थियो।

शान्तिनगर गाउँ पालिका सातै वटा वडाहरु बाट छ्नौट भयका ९९ सय जना कामदार हरु लाइ वडा नम्बर एकको खर्काकोट मन्दिरको सरसफाइ , वडा नम्बर दुइ को स्वास्थ्य केन्द्र र वडा कार्यालय को सरसफाइ,  तिन नम्बर वडाको सुन्दरादेबी मन्दिर को बाटो मर्मत,  त्यसै गरि चार नम्बर वडामा खड्कपुर देखी चिराघाट सम्म कच्ची नाला निर्माण, पाँच नम्बर वडामा जंगपुर खानेपानी लाइन बिस्तार , ६ नम्बर वडामा वडा कार्यालय परिसर सरसफाइ र सात नम्बर वडामा करेसाबारी निर्माण गर्नु पर्ने छ।

छनौट भएका श्रमिकहरुलाइ भोली बुधबार देखी आ आफ्नो वडामा काममा लगाइने प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निम राज साप्कोटाले बताउनु भयाे । दैनिक श्रमिक हरुले काम गरे बाफत ५ सय १७ रुपैयाँ पाउने छ्न भने दैनिक बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म काम गर्नु पर्ने संयोजक साप्कोटाले जनाउनु भयाे ।

९९ सय जना मध्य ७७ जना महिला र २२ जना पुरुष रहेको संयोजक साप्कोटाले जानकारी दिनुभयाे । सबै भन्दा बढी १३ जना मध्य १२ जना महिला वडा नम्बर सातमा रहेको जनाइएको छ। शान्तिनगरमा महिला को रोजगारमा आकर्षण देखिएको छ। शान्तिनगरमा ४४ सय ५१ जनाले रोजगारका लागी आबेदन फारम भरेका थिए भने यहि असार २९ गते सम्म श्रमिक हरुले काम गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस