नाराबाजीले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न सकेनन्

असार ०३, २०७६  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न सकेका छैनन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले युरोप भ्रमण, गुठी विधेयक र लोकसेवा विवादसहितका विषयमा संसदलाई जानकारी गराउने कार्यक्रम थियो ।

तर प्रधानमन्त्री ओली बोल्न रोस्टममा पुग्नासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले नारा लगाएपछि उनी फर्किए ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो सिटमा बस्न कांग्रेस सांसदहरुलाई पटक पटक रुलिङ गरेका थिए ।

प्रधानमन्त्री ओली बोल्नु अघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग कांग्रेसको माग थियो । कार्यव्यवस्था समितिको बैठकमा को पहिला बोल्ने भन्ने विषयमा सत्तापक्ष–प्रतिपक्षबीच भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस