शान्तिको सन्देश दिन वुद्धको मूर्ति राखिने

असार ०३, २०७६  

तुलसीपुर ३ असार

तुलसीपुरको राप्ती शान्ति उद्यानमा बुद्धको मूर्ति राखिने भएको छ । ११ बर्षे शसस्त्र द्धन्द्धको सुरुवात राप्तीबाटै सुरु भएकाले शान्तिको सन्देश दिन वुद्धको मूर्ति राख्न लागिएको हो । यसका लागि लुम्विनी विकास कोषले बुद्धको मूर्ति उपलब्ध गराउने भएको छ ।
राप्ती शान्ति उद्यानको निरीक्षण पछि आयोजीत कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले राप्ती शान्ति उद्यान उपयुक्त स्थान भएकाले केहि महिनाभित्रै वुद्धको मूर्ति राखिने बताउनुभयो ।

उपाध्यक्ष त्रिपाठीले २४ राष्ट्रले लुम्बिनीलाई ध्यानकेन्द्र बनाए पनि हामीले चिन्न नसकेको बताउदै वुद्धत्व र यसको महत्वको विषयमा जानकारी नराख्दा पछिल्लो समय बुद्धको मूर्तिलाई सडकमा राखेर महत्व घटाउने काम भइरहेको समेत बताउनुभयो । ‘ विश्वका ठूलठूला विश्व विद्यालयमा वुद्धको विचारको पढाई हुन्छ ’, हामीले यही जन्मेका वुद्धलाई भने चिन्न सकेका छैनौ । धुलोधुवाँ उड्ने कोलहाल हुने ठाउँ र सडकमा सजाएर मूर्ति राख्ने चलन बढेको छ ।’

सो अवसरमा राष्ट्रिय सभास दस्य कोमल वलीले संसदमा आफुले जनताको आवाज बोलीरहेको बताउनुभयो । अहिले कानु निर्माण गर्ने काममा लागेको भन्दै सबै जनता र राष्ट्रको हितमा कानुन भएपछि यसको अनुभूतिको सुरुवात गर्न सकिने बताउनुभयो । अघिल्लो बर्ष स्थानीय तह तथा प्रदेश सरकारको जग बसाउने र अधिकार बाँडफाँडमा सरकार अलमलिएकाले अपेक्षा अनुसार काम अघि बढ्न नसकेको बताउदै सदस्य वलीले अब विकास निर्माणका काम दु्रत गतिमा अघि बढ्ने बताउनुभयो । शान्ति उद्यानको बस्तु स्थितीका बारेमा अध्यक्ष डिल्ली भण्डारीले प्रकाश पारेका थिए ।
सो अवसरमा कार्यक्रमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका कार्यकापालिका सदस्य चित्रा मल्ल, राष्ट्रि लोक तथा दोहरी गित प्रतिष्ठानका ५ नं. प्रदेश सह अध्यक्ष प्रेम प्रकाश मल्ल, कोषाध्यक्ष इन्दिरा शर्मा, लगाएतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस