अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत , जेठ २२ दाङ ।
दाङको तुलसीपुरमा अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तुलसीपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि जेठ २४ गते देखि सुरु हुनेछ ।  बिद्यालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिद्यालय गरि २५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

जेठ २६ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिने छ । यसैबिच प्रतियोगिताको प्रचार प्रसार,टिम दर्ता,आर्थिक ब्यबस्थापन लगाएतको तयारी भइरहेको क्लबका कोषाध्यक्ष दुर्गा राजलवट ले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया